चीनमा युरोपेली लगानी सुस्त हुँदै

बेइजिङ [चीन], सेप्टेम्बर (एएनआई): देशको घर जग्गा बजारमा गिरावट आउँदा, कडा “कोविड शून्य” नीतिका कारण उपभोक्ता हरुको खर्च गर्ने क्षमता कम हुन थालेपछि चीनमा युरोपेली कर्पोरेट लगानी सुस्त हुँदै गएको छ ।

चीनमा शुन्य कोभिड नितिले वातावरण खराब बन्दै गएपछि यूरोपेली मात्र नभई अमेरिकी लगानी पनि उल्लेखनीय रुपमा घट्दै गएको छ ।

द स्ट्रेट्स टाइम्सले गरेकोे रिपोर्ट अनुसार चिनियाँ अर्थतन्त्रका लागि संकेतहरू अशुभ छन् किनभने विदेशी लगानी मुट्ठीभर बहुराष्ट्रिय कम्पनीहरूमा मात्र सीमित छ ।

न्यूयोर्कको अनुसन्धान फर्म रोडियमले गरेको नयाँ विश्लेषणले चीनमा नयाँ कारखानाहरु र अन्य प्लान्टहरुको स्थापनामा युरोपेली संघ र बेलायतबाट तथाकथित ग्रीनफिल्ड लगानी घटेको देखाउँछ, द स्ट्रेट टाइम्सले रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस