‘बलुच लाइभ्स म्याटर’ सेमिनारले बलुचिस्तानमा मानवअधिकार उल्लङ्घनलाई प्रकाश पारेको छ

जेनेभा [स्विजरल्याण्ड], (एएनआई): UNHRC को ५१ औं सत्रको अवसरमा बिहीबार जेनेभामा बलोच मानव अधिकार परिषद (BHRC) द्वारा ‘बलोच लाइभ म्याटर: बलुचिस्तानमा मानव अधिकार उल्लङ्घनका पक्षहरू’ शीर्षकको सेमिनार आयोजना गरिएको थियो ।

यस सेमिनारमा उपस्थित बुद्धिजीवी, विश्लेषक र मानवअधिकार रक्षकहरूले बलुचिस्तानमा पाकिस्तानले गरेको मानवअधिकार उल्लङ्घनका विभिन्न पक्षहरूमा छलफल गरेका थिए ।

BHRC को USA च्याप्टरका आयोजक रज्जाक बलोचले “पाकिस्तान सभ्य देश होइन र पाकिस्तानले केवल बलुच धन, र बलुच संसाधन मा चासो राख्दछ भन्दै पाकिस्तानी सरकार र समाजलाई बलुच जनताको वास्ता नभएको बताएका थिए ।

सेमिनारको घोषणापत्रमा मानवता विरुद्धको अपराधको अनुसन्धानका लागि बलुचिस्तानमा तथ्य खोजी मिशन पठाउन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस