दक्षिण कश्मीरमा ८३ प्रतिशत गर्भवती महिलाहरू कमजोर पोषणका कारण रक्ताल्पताको शिकार भइरहेका छन्

अनन्तनाग (जम्मु र कश्मीर) (एएनआई): अनन्तनाग जिल्लाको हपटनार्ड गोगलदार गाउँमा स्वास्थ कार्यकर्ता लाल जानले स्वास्थ्य विभागमा नियुक्त भएदेखि कम्तिमा ५०० जना महिलालाई प्रसुति सेवा प्रदान गरिसकेकी छिन् । ।

सन् २००५ मा, लालजनको नियुक्ति अघि आशा परियोजनाको स्वास्थ कार्यकर्ताको रूपमा स्वास्थ्य विभागमा नियुक्त गरिएको थियो। उनले स्थानीय महिलाहरुको घरमा नै गएर कम्तिमा २५० जनालाई प्रसुति गर्न मद्दत गरेकी छिन्।

लालजनकी आमा जैना बेगमले पनि यो काम गरिरहेकी थिइन् र आफ्नो क्षेत्रमा स्वास्थ्य सुविधा नभएको बेला कम्तिमा ७०० घरमा सामान्य सुत्केरी गराउन सहयोग गरेकि थिइन।

संवाददातासँग कुरा गर्दै लालजनले ‘मैले आमाबाट सिकेको छु, गर्भवती महिलालाई होम डेलिभरीमा सघाउने काममा स्थानीय स्तरमा मेरो आमाले निकै योगदान गर्नुभएको छ भनिन् । उनकी आमा ३० वर्षअघि नै बितिसकेकी छिन् ।

उनका अनुसार हप्तेनार्ड क्षेत्र र वरपरका गाउँमा तीन सय महिलाले तेस्रो र चौथो सन्तान जन्माएपछि र कतिपयले त छैटौं र सातौं सन्तान जन्माएपछि मात्र बन्ध्याकरण र प्रक्रिया गरेका छन् ।

खोवरीपोरा ब्लकको फेदमा अवस्थित हपटनार्ड गाउँ अनन्तनाग जिल्लाको मुख्यालयबाट लगभग ३५ किलोमिटर टाढा छ।

एनिमिया यस क्षेत्रका महिलाहरुमा देखिएको मुख्य समस्या हो। प्रसूति तथा स्त्री रोग विभाग जीएमसी अनन्तनागले गरेको एक अध्ययनका अनुसार दक्षिण कश्मीरका लगभग ८३ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलामा कम पोषणको कारण रक्तअल्पता भएको पाइएको थियो।

रक्तअल्पताले गर्भवतीको समयदेखि सुत्केरि र त्यसपछिको अवस्थाहरुमा समेत महिलाहरुको स्वास्थमा निकै समस्या ल्याउने तथ्याकंले देखाँउछ । गर्भवती अवस्थामा आइरन र फलिक एसिड नखाने अनि जन्मान्तर कम राख्ने र सानो उमेरमा नै गर्भवती हुने स्थानीय चलनमा कारणले जम्मु कश्मिरका कतिपय गाँउहरुमा महिला र प्रजजन स्वास्थमा ठुलो समस्या देखिएको अध्ययनहरुले देखाँउछ ।

यस तथ्यलाई लालजन जस्ता अनेक आशा परियोजनाका स्वास्थ कार्यकताहरु र बिभिन्न अध्ययनहरुले पनि पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस