पाकिस्तानमा चिनियाँमाथि बढ्दो आक्रमणबाट चीन चिन्तित

सेप्टेम्बर २८ मा पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक केन्द्र कराँचीमा गोली हानेर मारिएका चिनियाँ पाकिस्तानी दन्त चिकित्सकको लक्षित हत्याको प्रहरीले अनुसन्धान गरिरहेको छ।

दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक क्लिनिकमा दाँतको बिरामी भएको बहाना बनाएको शूटरले चिनियाँ पाकिस्तानी दोहोरो नागरिकमाथि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

अभियुक्त घटनास्थलबाट फरार भएका छन् ।मारिने र घाइते हुनेमा रोनाल्ड चाउ, ७४ वर्षीय रिचर्ड हु र उनकी ७२ वर्षीया श्रीमती मार्गरेट रहेका छन्पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नयाँ सिन्धी जातीय-राष्ट्रवादी लडाकु समूह, सिन्धुदेश पिपुल्स आर्मीले जिम्मेवारी दावी गर्दै एक विज्ञप्तिमा आक्रमणको पछाडि उनीहरूको हात रहेको बताएको छ।

पत्रकार र अनुसन्धानकर्ता जिया उर रहमान का अनुसार कराँचीमा चिनियाँ नागरिकहरूमाथि भएका यस्ता आक्रमणहरूको पछाडि पृथकतावादी जातीय राष्ट्रवादीहरूसँग जोडिएको नयाँ समूहहरु हुन सक्दछन् । हामी चीनलाई हाम्रो मातृभूमिमा शोषण गर्ने परियोजनाहरू बन्द गर्न र तुरुन्तै पाकिस्तान छोड्न चेतावनी दिन्छौं, आतंकवादी समूहले मिडियालाई जारी गरेको विज्ञप्तिमा बताएका छन् ।

व्यापार, लगानी र आर्थिक गतिविधिका हिसाबले कराँची पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो। यसको भूराजनीतिक महत्व पनि छ । यही कारणले गर्दा यो भीडभाड सहरमा चिनियाँहरू सजिलो निशाना बनिरहेका छन्, रहमानले बताए ।

चीनको तर्फबाट यो ठूलो चिन्ताको विषय यो हो । उनीहरुको सुरक्षा उपायहरूले अब काम गरिरहेको देखिँदैन र पाकिस्तानमा आफ्ना नागरकि माथिको हिंसाको कारणहरु चीनले बुझ्न सकेको पनि छैन । शायद चीन अब पाकिस्तानमा आफ्नै सेनाहरु तैनाथ गर्ने योजनामा बसिरहेको पनि हुनससक्छ ।

प्रतिक्रिया दिनुहोस