डब्लिनमा भएका चिनियाँ प्रहरी स्टेशनहरु बन्द गर्न आदेश

डब्लिन शहरको केन्द्रमा रहेको चिनियाँ पुलिस स्टेशन लाई मानव अधिकार समूहको दबाब पछि आयरल्याण्ड सरकारले बन्द गर्न आदेश दिएको हो ।

फुझोउ पुलिस सेवा ओभरसीज स्टेशन यस वर्षको सुरुमा नै क्यापल स्ट्रिटमा रहेको कार्यालय भवनमा खोलिएको थियो र यस स्टेशनले अन्य चिनियाँ संगठनहरूसँग सहकार्य पनि गर्ने पाइएको छ ।

Fuzhou फुजियान प्रान्तको एउटा सहर हो।

चिनियाँ अधिकारीहरूले उक्त स्टेशनले आयरल्याण्डमा चिनियाँ नागरिकहरूलाई ड्राइभिङ लाइसेन्सको नवीकरण गर्ने सम्म प्रस्ताव डव्लीनलाई राखेका थिए ।

यद्यपि, मानव अधिकार समूह सेफगार्ड डिफेन्डर्सले सेप्टेम्बरमा एक रिपोर्टमा यी स्टेशनहरूले २३०,००० आप्रवासीहरूलाई चीन फर्कन सहजीकरण गरेको र कहिलेकाहीं आपराधिक आरोपहरू पनि सामना गरेको बताएका छन् ।

प्रतिवेदनले विश्वव्यापी रूपमा चिनियाँ कार्यहरूले उक्त देशको आधिकारिक प्रहरी र न्यायिक सहयोगलाई छेउ लगाँउदै कानुनको अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्ने, र गैरकानूनी विधिहरू प्रयोग गरी समानान्तर प्रहरी संयन्त्र स्थापना गर्न संलग्न तेस्रो देशहरूको क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्न सक्छ सम्म भनेको छ।

चिनियाँ दूतावासले डब्लिनमा कुनै पनि गलत काम गरेको अस्वीकार गरेको छ।

बुधबार, आयरल्याण्डको विदेश विभागले कुनै पनि चिनियाँ अधिकारीले “पुलिस स्टेशन” स्थापना गर्न अनुमति मागेको थिएन भन्दै बिज्ञप्ती जारी गरिसकेको छ ।

उता अकोतर्फ चिनियाँ सरकारले नेदरल्याण्डमा कम्तिमा दुई अघोषित “पुलिस स्टेशन” स्थापना गरेको आरोप पनि लगाइएको छ।

डच मिडियाले तथाकथित विदेशी सेवा स्टेशनहरूले कूटनीतिक सेवाहरू उपलब्ध गराउने वाचा गरेपनि युरोपमा चिनियाँ असन्तुष्टहरूलाई मौन पार्न प्रयास गर्न प्रयोग भइरहेको थुप्रै प्रमाण भेटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस