पाकिस्तान: क्वेटामा २ आदिवासीको हत्या

क्वेटा: एक अदालत अगाडि सशस्त्र व्यक्तिहरूले आक्रमण गर्दा दुई आदिवासीको मृत्यु भएको छ र सात जना घाइते भएका छन्।

सरदार नसिम तरिन सुनुवाइ सकेर अदालतबाट बाहिर निस्कदै गर्दा अदालत परिसर बाहिर अज्ञात व्यक्तिले आक्रमण गर्दा उनी घाइते भएका थिए ।

यसैबीच, अदालत बाहिर पर्खिरहेका सशस्त्र आक्रमणकारीहरूले गोली चलाँउदा तरीनसँगै रहेका अन्य आठ जना घाइते भएका थिए ।

डनसँग कुरा गर्दै सिभिल अस्पतालका प्रवक्ता डा वसिम बेगले नौ घाइतेलाई अस्पतालको ट्रमा सेन्टरमा ल्याइएको बताएका छन् ।

एउटै जनजातिका दुई प्रतिद्वन्द्वी समूहबीचको व्यक्तिगत शत्रुता नै आक्रमणको कारण देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस