रूस, चीनको नयाँ ग्यास स्टेशन: सी पुटिनबाट सस्तो दरमा तेल किन्न चाहन्छन्

चीनले आफ्नो रणनीतिक भण्डार निर्माण गर्न सस्तो तेल भण्डार गर्दै आएको छ। यसले रूसलाई एक आदर्श स्रोतको रूपमा फेला पारेको छ जहाँबाट सजिलैसँग भारी छुटमा तेल किन्न सकिन्छ।

सन् २०२२ मा चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको रुसबाट चीनले तेलमा थप छुट माग गर्ने कुनै अवसर छोडेको छैन।

अहिलेको परिप्रेक्ष्यमा रुस र चीनबीचको कूटनीतिक सम्बन्ध दिनप्रतिदिन बलियो बन्दै गएको छ र रुस पूर्ण रूपमा चीनमा निर्भर बन्दै गएको अवस्था छ ।

फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि, चीनले रूससँग यसको कच्चा तेलको लागि कम खरीददारहरू भएको अवस्थाको बेजोड फाइदा उठायो ।

केही विदेशी सरकारहरू र कम्पनीहरूले प्रतिबन्धहरू लगाएर आफ्नो ऊर्जा निर्यात बन्द गर्ने निर्णय गरेपछि रुस चीनसंग भर परेको हो ।

यद्यपि आर्थिक स्वार्थका लागि रुसले युक्रेनमा गरेको अप्रत्याशित आक्रमणको सार्वजनिक रूपमा निन्दा नगर्ने निर्णय लिउपछि रुसस र चीनको भातृत्व झनै बढेको हो ।

बिश्वभरिवाट कडा प्रतिबन्धहरूको सामना गरेपछि, रूसले चीन र अन्य देशहरूलाई तेलमा छुट प्रस्ताव गर्यो, जुन बेइजिङले खुसीसाथ स्वीकार गर्दै ठूलो मात्रामा रुसी खरिद गर्न थाल्यो।

प्रतिक्रिया दिनुहोस