देशलाई स्वाधिन र आत्मनिर्भर बनाउने अठोट लिएर संसदमा जानलागेको हुँ : विजेन्द्र बस्‍नेत

काठमाडौँ २ ख बाट प्रदेश सभाका स्वतन्त्र उम्मेदवार हुन विजेन्द्र बस्‍नेत । कोटेश्वर ३२ निवासी बस्‍नेतले मंसिर ४ मा हुने आम निर्वाचनमा मैनवती चुनाव चिन्ह पाएका छन् ।

उनले आफु युवाहरूको चाहाना अनुरुप परिवर्तनको आवाज उठाउन स्वतन्त्र ढंगले बस्नेतले अघि वढेको वताए ।

स्थानीय र नेपाल भरीका युवाहरुको प्रतिनिधित्व गर्दै आफुले उम्मेदवारी दिएको र मुख्य गरी पुराना अनुहारले राजनीतिलाई नै गलत तरिकाले प्रयोग गरेकोले आफ्ले उचित राजनीतिक संस्कार स्थापीत गरी परिवर्तन ल्याउन आफ्ले उम्मेदवारी दिएको वताए ।

साथै उनले आफु समग्र परिवर्तनको लागि प्याकेजकै रुपमा घोषणापत्र ल्याएको बताउदँै घोषणापत्रमा स्वदेशमा उत्पादकत्व बढाएर देशको परनिर्भरता कम गर्ने,

शिक्षा नीतिमा समयानुकुल र आफ्नो देश सुहाउदो परिवर्तन गर्ने र विश्वव्यापी अवस्थालाई हेरी नेपालको सैन्य सुरक्षा सुधारमा जोड दिने लगायतका विषयलाई अझ प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस