चीनलाई नेदरल्यान्डमा अवैध प्रहरी चौकी बनाएको आरोप

नदरल्याण्ड्सका चीनका विदेशी सेवा स्टेशनहरूले कूटनीतिक सेवाहरू उपलब्ध गराउने वाचा गर्दछ । तर यी सेवा स्टेशनहरुले युरोपमा चिनियाँ सरकार बिरुद्धमा उठ्ने आवाजहरु जस्तै तिब्बती स्वतन्त्रता, उहिगुर मानव अधिकार जस्ता अभियानहरुलाई मौन पार्न नियन्त्रण गर्न काम गरिरहेका प्रमाणहरु डच मिडियाले पत्ता लगाएका छन् ।

डच विदेश मन्त्रालयका प्रवक्ताले पनि यस्ता चीनका अनौपचारिक प्रहरी चौकीको अस्तित्व गैरकानुनी भएको बताए।स्पेनस्थित गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले गरेका अध्ययनमा आधारित चाइनिज ट्रान्सनेसनल पुलिसिङ गोन वाइल्ड नामक प्रतिवेदनले अनुसन्धान सुरु गरेको हो।

उक्त संगठनका अनुसार दुईवटा चिनियाँ सार्वजनिक सुरक्षा ब्यूरोले पाँच महादेश र २१ देशमा ५४ वटा ‘विदेशी प्रहरी सेवा केन्द्र’ स्थापना गरेका छन्।

तीमध्ये अधिकांश युरोपमा छन्, जसमा स्पेनमा नौ र इटालीका चार छन्। बेलायतमा पनि यस्ता स्टेशनहरु पाइएको हो जहाँ लन्डनमा दुई र ग्लासगोमा एक यस्ता स्टेशन फेला परेका छन् ।

यस प्रमाण सहितको रिपोर्टको प्रतिक्रियामा चिनियाँ दूतावासले आरटीएल न्यूजलाई त्यस्ता प्रहरी स्टेशनहरूको अस्तित्वको बारेमा आफूलाई जानकारी नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस