पाकिस्तानमा १,००० भन्दा बढी अल्पसंख्यक केटा केटीहरूलाई जबरजस्ती धर्म परिवर्तन

हिन्दू, सिख र ईसाई केटा र केटीहरूले पाकिस्तानमा अपहरण र जबरजस्ती इस्लाम धर्म परिवर्तनको सामना गरिरहेका छन् ।

धार्मिक अल्पसख्यंकहरुका लागि पाकिस्तान सबैभन्दा जोखिमपूर्ण ठाँउ भएको छ । पाकिस्तानमा धार्मिक अल्पसख्यंक नाबालिग केटीहरूलाई पनि प्रायः पूर्व(नियन्त्रित विवाह गर्न बाध्य पारिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।

सन् २०२१ को नयाँ तथ्याङ्कअनुसार वर्षेनी एक हजारभन्दा बढी मुद्दाहरू रेकर्ड भइरहेकाले स्वदेश तथा विदेशमा रहेका मानवअधिकार निकायहरूमा चिन्ता बढेको छ ।

बहुसंख्यक हिन्दुहरू बसोबास गर्ने सिन्ध प्रान्तको भित्री भागमा नाबालिग हिन्दू केटीहरूलाई बारम्बार जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएको र जबरजस्ती इस्लाम केटासंग गराइने विवाह प्रमुख समस्या बनेको छ।

हिन्दुका अलावा अन्य धर्महरु जस्तै सिख र ईसाईहरूका लागि पनि अवस्थाहरू फरक छैनन्।

सिन्धमा भर्खरैको एउटा घटनामा, चंदा मेहराजलाई हैदरावादमा अपहरण गरिएको थियो । उनी घर फर्कदै गरेको बेला चन्दाको अपहरण इस्लामीक समुहले गरेको उनका अभिभावकले बताए ।

उता जेकबाबादमा एक १३ वर्षीय सिख बालकमाथि सामूहिक बलात्कार भएको छ । सिन्ध प्रहरीले आरोपी मोहसिन जमाली र ताकरी लासारीलाई पक्राउ गरे पनि उनीहरु प्रहरी चौकीबाट भागेका थिए ।

पाकिस्तानले हालै अगस्त १४ मा आफ्नो ७५ औं स्वतन्त्रता दिवस र अगस्ट ११ मा राष्ट्रिय अल्पसंख्यक दिवस मनाएको छ, तर यसको संकटग्रस्त धार्मिक र जातीय अल्पसंख्यकहरूले तिनीहरू साँच्चै स्वतन्त्र र स्वतन्त्र छन त भन्ने प्रश्न पाकिस्तानी नेतृत्व, सरकार र समाजलाई बारम्बार प्रश्न गरिरहेकै छन् ।

प्रतिक्रिया दिनुहोस