तालिवान र पाकिस्तानबीचको सीमामा भएको सशस्त्र झडपमा अफगान महिलाको मृत्यु भएको छ

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको स्पिन बोल्दाक सीमा शहरमा पाकिस्तानी सीमा सुरक्षा बल र तालिबान सशस्त्र सेनाबीच सीमा क्षेत्रमा भिडन्त भएको छ ।

तालिबान अधिकारीहरूका अनुसार अफगान पक्षमा पाकिस्तानी सीमा सेनाले एक महिलाको हत्या गरेको थियो।

कान्दाहारको स्पिन बोल्दाक जिल्लाका तालिबान प्रमुख मौलावी महमूदका अनुसार पाकिस्तानी सेनाले सीमा झडप सुरु गरेको थियो र तालिवान सेनाले प्रतिक्रिया मा जवाफी कारवाही गरेका थिए ।

तालिबान सुरक्षा अधिकारीले पनि पाकिस्तानी पक्षबाट गोली चलाउँदा अफगान पक्षबाट एक महिलाको मृत्यु भएको बताएका छन् ।

स्पिन बोल्दाक स्रोतका अनुसार द्वन्द्वको समयमा दुवै पक्षले मोर्टार सहित भारी हतियार प्रयोग गरेका थिए । अफगान पक्षकी महिला बाहेक यस द्वन्द्वमा सम्भावित हताहतीको बारेमा कुनै जानकारी उपलब्ध छैन।

तालिवान सेना र पाकिस्तानी सीमा सुरक्षा बलहरू यसअघि पनि पटक पटक भिड्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस