ओमानको चीनमाथिको विश्वास घट्दै गएको छ

गत दशकमा, खाडी सहयोग परिषद् (GCC) का सदस्य राष्ट्रहरूमा चीनको सैन्य पदचिह्न निकै बढेको छ, जसले खाडी क्षेत्रको मात्र नभई हिन्द महासागर क्षेत्रको भूराजनीतिक परिदृश्यलाई पनि खतरामा पारेको छ।

सन् २०१३ मा बेल्ट एण्ड रोड इनिसिएटिभ को सुरुवात र खाडी देशहरू लगायत विश्वभर यसको फैलावटले बेइजिङको विस्तारवादी नीतिहरू स्पष्ट पारेको छ।

हालै जीसीसीको सदस्य राष्ट्र ओमानले चीनसँगको सैन्य समझदारी (एमओयू) रोकेको छ।

ओमानी रक्षा र विदेश मन्त्रालयका अनुसार ओमानका शासक सुल्तान हैथमले खाडी क्षेत्रमा चीनको बढ्दो सैन्य आकांक्षालाई ध्यानमा राखेका छन्।

यसअघि, अप्रिल २०२२ मा, चिनियाँ राष्ट्रिय रक्षा मन्त्री जनरल वेई फेङ्गेको ओमान भ्रमणको क्रममा, फेङ्गेले सैन्य एमओयूमा वार्ता गर्न मस्कटमा धेरै ओमानी मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसँग भेटेका थिए।

त्यसपछि दुवै देशले आफ्नो रणनीतिक सहयोग बढाउने वाचा गरे र सैन्य एमओयूको मस्यौदालाई अन्तिम रूप दिए।

तर, पछिल्लो घटनाक्रमले खाडी क्षेत्रमा चिनियाँ प्रभावप्रति ओमानको बढ्दो चिन्तालाई संकेत गरेको हुन सक्छ।

ओमानले साउदी अरेबिया, यमन र संयुक्त अरब इमिरेट्स (UAE) सँग सिमाना बाँढको छ । र यसको रणनीतिक स्थानले चीनलाई हिन्द महासागरमा आफ्नो भूराजनीतिक प्रभावको लाभ उठाउन सक्षम बनाउन सक्छ।

यही नियतले चीनले ओमानमा आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको छ। ओमानले अन्य देशहरूलाई चीनप्रतिको आफ्नो आकर्षण अब बाँकी नभएको र ओमान चीनबाट सजग हुँदै बेइजिङको महत्वाकांक्षालाई विफल पार्ने बाटोमा छ भन्ने कुरा स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस