मुलुकमा अस्थिरता आउन दिइने छैन- अध्यक्ष ओली

झापा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले मुलुकलाई अस्थिरतातर्फ लैजान नदिनका लागि एकता आवश्यक रहेको बताउनुभएको हो ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएपछि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उहाँले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ ३ दिनदेखि निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस