गलवान उपत्यकामा भएको भिडन्तमा आफ्ना सैनिक मारिएपछि चीनले तिब्बत र सिनजियाङमा पुलको नामाकरण गरेको हो

२०२० मा भारतसँगको गलवान उपत्यकामा भएको भिडन्तमा मारिएका चार सैनिक माएिपछि उनीहरुको नाममा चीनले तिब्बत र सिनजियाङलाई जोड्ने राजमार्गका धेरै पुलहरूको नामकरण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

द ग्लोबल टाइम्सले अनलाइन प्लेटफर्ममा प्रसारित तस्बिरहरू उद्धृत गर्दै ११ वटा पुलहरू मारिएका सैनिकहरूको नाममा राखिएको थियो भन्ने समाचार प्रकाशन गरेको छ ।

र ति मारिएका सैनिकहरुको गृहनगरहरू पनि सियांग्रोङ पुल, सियुआन ब्रिज, झुओरान ब्रिज र होङ्जुन ब्रिज सहित केहि पुलहरुका नाममा राखिएको छ ।

चीनको राज्य-सम्बद्ध मिडियाले ट्वीटमा गलवानभ्याली सीमामा जीवन बलिदान गर्ने ४ शहीदहरूको नाम अब चीनको # Xizang र # Xinjiang जोड्ने राजमार्गमा सडक चिन्हहरूमा देखा पर्दछ र यो चिनियाँ जनताको निरन्तर बढ्दो देशभक्तिको प्रतीक बनेका छन् भनेको छ ।

प्रतिक्रिया दिनुहोस