गोरखामा ५ वर्षमा जनताले देख्ने गरी विकास हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा गोरखाका जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने बताउनुभएकाे छ ।

गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आज मंगलबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताउनुभएकाे छ। जसका लागी गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस