चीनमा शून्य कोभिड नीतिको विरुद्धमा व्यापक विरोध प्रदर्शन

चीनको शून्य(कोविड नीतिको विरोधमा चीनभरि ठूला प्रदर्शनहरू भइरहेको खबर छ ।

देशको कडा शून्य कोभिड महामारी नियम प्रति असन्तुष्ट प्रदर्शनकारीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्न धेरै स्थानहरूमा सडकहरूमा प्रर्दशन गरिरहेका छन् ।

राज्यको बलियो निगरानी प्रणाली र राज्य बलहरूबाट तुरुन्त प्रतिकार्य गरिने भएकाले चीनमा हुने नागरीक समाजका क्रियाकलापहरु प्रकाशमा आउन पाँउदैनन् ।

यद्यपि राष्ट्रपति सी जिनपिङको शून्य(कोविड नीतिले चीनमा संक्रमणलाई नियन्त्रण त गरेको होला तर लामो बन्दाबन्दी र यसका प्रतिबन्धहरु सार्वजनिक आलोचनामा आएको छ ।

परीक्षण र क्वारेन्टाइन नियमहरूमा गुनासोहरू सी र सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको कडा आलोचनामा पनि परिणत भएको छ।

ूहामीलाई नेता होइन, भोट चाहियो।ू सांघाईमा प्रदर्शनकारीहरूले सी र सीसीपीले राजीनामा दिन र शोक व्यक्त गर्न माग गरेका छन्।

रेडियो फ्री एशिया द्वारा प्राप्त जानकारी अनुसार अक्टोबर २६, २०२२ मा क्रुद्ध भएका ल्हासाका नागरिकहरूले क्रुर कोभिड १९ तालाबन्दीको विरोध गरेका थिए ।

ल्हासाका मानिसहरुलाई चीन प्रशासनले दुई महिना भन्दा बढीको लागि तालाबन्दीमा राखेका थिए ।

गत महिनाको अन्त्यमा रेडियो फ्री एशिया को रिपोर्ट अनुसार तिब्बत भित्रको एक स्रोतले ल्हासाका तिब्बतीहरू भवनबाट हामफालेको अनलाइन दाबीलाई पुष्टि गरेको थियो।

यो क्षेत्र अझै पनि चीनको कडा नियन्त्रणमा छ र यहाँ चीनले अझै पनि प्रतिबन्ध लगाएको छ ।

तिब्बतीहरूको राजनीतिक गतिविधि र उनीहरूको सांस्कृतिक र धार्मिक पहिचानको शान्तिपूर्ण अभिव्यक्तिमाथि रोकटोकका साथसाथै उनीहरूलाई सतावट, यातना, कारावास, र गैरन्यायिक मृत्युदण्डको सजायसम्म दिइएको पुष्टि भइसकेको अवस्था छ ।

चिनियाँ सरकारले कठोर शून्यकोभिड तालाबन्दी कार्यान्वयन गर्न तिब्बतीहरू लगायत धेरै मानिसहरूमाथि अपराध गरेको छ ।

चीनमा मानिसहरु प्रताडित भइरहेका छन् र यस कुरालाई अहिले भइरहेको विरोधले देखाएको छ ।

चीनमा नागरिकस्तरबाट यति धेरै बिरोध भएको र पर्दशन भएको अहिलेसम्म देखिएको थिएन । सादा कागजमा मान्छेहरु सरकारविरोधी नारा लगाँउदै सडकमा उत्रिएका छन् ।

स्मरण रहोस्, चीनमा सादा कागजमा सन्देश लेखेर बिरोध गरिनुलाई नागरीकस्तरमा सबैभन्दा ठुलो असन्तष्टिको संकेत मानिन्छ ।

यी सबै प्रदर्शनका बाबजुद पनि प्रदर्शनकारीहरूले चाँडै नै चिनियाँ सरकारलाई आफ्नो शून्य कोभिड नीति त्याग्न मनाउन सक्नेछन् भन्ने चाँही पक्का संभव छैन ।

चीनमा सरकारले नै कोभिड जिरो निति कार्यान्वयन गर्ने निँहुमा असख्यं सर्वसाधरणको आधारभू मानव अधिकार सम्म हनन गरि घरमा नै थुनेर राखेको छ ।

प्रतिक्रिया दिनुहोस