पाकिस्तानसँगको झडपबाट विस्थापित भएका पक्तिया परिवारहरू

अफगानिस्तान र पाकिस्तानबीच डुरेन्ड लाइनमा भएको भीषण झडपपछि पक्तिया प्रान्तको डाँड–ए–पाटन जिल्लाबाट धेरै परिवार पलायन भएका छन् ।

इस्लामिक इमिरेट्सले पाकिस्तानी पक्षसँग थप झडप हुन नदिन एउटा समिति गठन गरेको जनाएको छ।

यस समितिमा १५ जनजाति अग्रजहरू छन्।

धेरै मानिसहरु विस्थापित भएका छन् । उनीहरूले आफ्ना छोराछोरीलाई अरु ठाँउमा पठाएर यहाँको घरमा चाँही एक जना बासिन्दा मात्रै बसेका छन्, एकजना स्थानीयले बताए ।

अर्का स्थानीयका अनुसार उनको घरमा मोर्टार प्रहार भयो र पूरै पर्खाल ध्वस्त भएको थियो ।

यसैबीच, मङ्गलबार बिहान पक्तियाका दर्जनौं बासिन्दाले डाँड–ए–पाटनमा पाकिस्तानी गोलाबारीको विरोधमा प्रदर्शन गरेका छन् ।

जिल्लामा भर्खरै भएको आक्रमणको विरोधमा प्रदर्शनकारीहरूले पाकिस्तान विरोधी नारा लगाएका थिए।

“यदि कसैले हाम्रो भूमिमा आक्रमण गर्न खोज्छ भने, हामी – सम्पूर्ण जनजाति – हाम्रो भूमिको लागि आफ्नो बलिदान दिन तयार छौं,” एक प्रदर्शनकारीले भने।

इस्लामिक इमिरेट्सले स्थितिको आकलन गर्न संयुक्त प्रतिनिधिमण्डल गठन गरिएको बताएको छ।

‘हामी आफ्नो माटो र सिमाना जोगाउन चाहन्छौं। साथै, अफगानिस्तान र पाकिस्तान दुवै पक्षबाट एउटा समितिले काम गरिरहेको छ।

यसले भविष्यमा त्यस्ता घटनाहरू रोक्नको लागि बैठक जारी राख्नेछ,” इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छ्न् ।

प्रतिक्रिया दिनुहोस