उहाँ नै हो नेपालमै कोरोना बिरुद्ध खोप बनाउँने प्राध्यापक : मन्त्रीले खुलाए सबै यर्थाथ

काठमाडौ । यहाँ नै हो डा. ललित कुमार लाल दास । जो त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक हुनुहुन्छ । उहाँले नेपालमा नै रहेका बनस्पती, नेपालकै प्रविधि प्रयोग गरेर कोरोना बिरुद्धको खोप र औषधि तयार गर्नुभएको छ । जुन विश्व स्वास्थय संगठन (डब्लूएचओ) ले पनि चासो दिएको छ । यति मात्र हैन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको छ । यो अत्यन्तै खुशीको कुरा हो । नेपालका लागि यो सौभाग्य हुनसक्छ ।

औषधि बेचेर नै विश्वको ठूलो धनराशी नेपालले भित्र्याउँन सक्छ । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उहाँले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पार्नुभएको छ । सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उहाँको भनाइ छ । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताउनुभयो । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उहाँको भनाइ छ ।

वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गर्नुभएका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउनुहुन्छ । बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउनुहुन्थ्यो । उहाँका बारे मन्त्री दुलालले भर्खरै केही प्रष्ट हुनेगरी लेख्नुभएको छ ।

खास कुरा :-
डा.ललित कुमार लाल दास Phytochemistry बिषयमा बन बिज्ञान अध्ययन संस्थान हेटौंडामा सहप्रध्यापकको रुपमा अध्यापन गर्नुहुन्छ । कोभिड-१९, रोगको संसारमा भ्याक्सिन नभएको समाचारले उहाँमा केही गर्ने इच्छा जाग्यो । आजभन्दा करिव ७० दिन अघिबाट औषधि निर्माण सम्बन्धि बिभिन्न बिधि, कोरना भाइरस बारेको सुक्ष्म अध्धययन र भाइरससंग लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सक्ने वा भाइरसलाइ निष्क्रिय पार्न सक्ने औषधीको खोजमा लाग्नुभयो ।

७० दिनको अनवरत अनुसन्धान पश्चात उहाँले रोगप्रतिरोधी क्षमता बढाउने ३ वटा नमूना र भाईरस निष्कृय पार्न Protein Denaturation गर्ने ६ वटा नमुना (लिक्विड फर्म) तयार पार्नु भएको छ । उप्रान्त उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि उहाँको नमूना प्रचलित पद्धति अनुसार परिक्षणमा जान्छ र त्यसले देखाउने प्रभाका आधारमा थप परिणाम आउनेछ । प्रयोगशालामा छलफल देखि आज केही बैज्ञानिकहरुसंग उहाँलाइ थप परामर्श गराइ NHRC संग समन्वय गर्ने काम भएको छ ।द्रुत गतिमा यस कार्यको लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ । डा.दासको प्रयासले सफलता प्राप्त गरोस्। शुभकामना !!

प्रतिक्रिया दिनुहोस