विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्री भएपछि गृह मन्त्रालयमा बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो ।

बैठकमा गृहसचिव सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी हुनुहुन्थ्यो । सो क्रममा उहाँहरुले गृहमन्त्री लामिछानेसमक्ष सुरक्षा अवस्थाबारे जानकारी गराउनुएको थियो ।

प्रतिक्रिया दिनुहोस