एमाले सांसद् महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौंः गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद् लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन्। लामिछानेले एमालेबाट निर्वाचित फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए। प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसद महतो संसदमा आएको बताउँदै उनीमाथिको आरोपको विषय के हुन्छ भन्ने प्रश्न गर्दा गृहमन्त्री लामिछानेले भने, ‘मैले संसदमा देखिँन। पछि जानकारी पाएँ। जानकारी पाए लगत्तै मैले आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु।’

महतो एमालेबाट निर्वाचित सांसद् हुन्। उनले महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार विश्वासको मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस