बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

संयन्त्रको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने बताइएको छ ।

संयन्त्रको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको छ ।

यसअघि दिउँसो प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस