प्रधानमन्त्री र एमाले अध्यक्ष ओली निरन्तर संवादमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान पनि भेट भएको छ ।

मन्त्रिपरिषद् विस्तार, सत्ता साझेदारीका बाँकी विषय (राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख) लगायतमा सहमति खोज्न प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच निरन्तर संवाद भइरहेको छ ।

सोमबार बिहान एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा भएको भेट यीनै विषयमा केन्द्रित रहेको निकटस्थहरुले बताएका छन् ।

एमाले समेतको समर्थनमा दाहाल गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत प्राप्त गरेपछि पनि चार विना बिभागीय मन्त्रीले जिम्मेवारी पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस