आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै वीरगंजको माईस्थानमा :दीप प्रज्वलन

पर्साको माइसथान पार्कमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पोखरा ( १५ नयाँ गाउँस्थित सेती नदी किनारामा भएको दुर्घटनामा नेपाली र बिदेशी गरि ६८ भन्दा बढी मानिसको उक्त दुर्घटनामा परि निधन भएको पुष्ठि भैसकेको छ र बाकि सनाखत हुँदै गरेको खबरले सम्पूर्ण देश स्तब्ध भएको छ ।

दुर्घटनामा परि दिवंगत हुनु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्न सानो दिप परिवारले माघ २ गते बेलुका ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।

दिप प्रज्वलन गर्ने कार्यक्रममा सानो दिप परिवारका अध्यक्ष कृष कुर्मी ,उपाध्यक्ष पुष्पा दास,सचिव अलोक सराफ, कोषध्याक्ष विवेक पटेल सहसचिव पिनस मलिक सदस्य परयाग,विकेस,गुडिया तथा स्थानीय हरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस