आर्थिक लगाएतका समस्या समाधान गर्न सबैको सहयोग आवश्यकः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित हुने बताउनुभएको छ ।

मारवाडी सेवा समिति नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनआकांक्षामा समर्पित भएर आफूले काम गर्ने बताउनुभएको हो ।

आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उहाले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

उहाँले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिंदै मारवाडी समूदायका बिभिन्न मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस