यस्तो छ गर्भवती भए नभएको जाच (Test) गर्ने घरेलु बिधि !

काठमाडौं :कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ ।

चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ रहेको/नरहेको छिनोफानो गर्छ ।

बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरण उपलब्ध छ, गर्भ रहे/नरहेको जााच्न । यद्यपी कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि उपयोगी हुनसक्छ, यी घरेलु काइदा, जसबाट गर्भ रहे/नरहेको सहजै जााच्न सकिन्छ ।

के छ त वीधी

जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यि । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहे/नरहेको थाहा पाउनुहोस् ।

सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् । केहि समयपछि हेर्नुहोस्,

यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको हुन सक्छ । यसको अर्थ हो, नतिजा सकारात्मक आयो । अर्थात तपाई गर्भवती हुनुभयो ।यस्तो प्रयोग भने तपाई बिहान उठ्नसाथ गर्नुपर्ने हुन्छ ।

चिनीबाट पनि यहि विधी अपनाएर गर्भ रहे/नरहेको परीक्षण गर्न सकिन्छ । चिनीमा थोरै पिसाब मिसाइदिने । केहि समयपछि चिनी घुलिनुको साटो डल्ला पर्न सक्छ । यदि त्यस्तो भयो भने तपाईमा गर्भ रहेको भनेर बुझ्न सकिन्छ । यदि चिनी र पिसाब आपसमा घुल्छ भने तपाईमा गर्भ रहेको छैन ।

घरमा साबुनबाट पनि तपाई प्रेग्नेन्सी टेस्ट गर्न सक्नुहुन्छ । यसका लागि साबुन र पिसाब कुनै डिस्पोजलमा मिसाउनुपर्छ । केहि समयपछि साबुनमा स-सना फोकाहरु बन्यो भने तपाई गर्भवती हुनुभयो ।

प्रतिक्रिया दिनुहोस