‘एमसिसी’ अनुमोदनका निम्ति जुनसुकै कदम चाल्न तयार छु – देउवा

काठमाडौं-  देउवाले एमसिसीलाई किन आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको हो बुझ्न सकिएको छैन, तर उहाँ यसनिम्ति कसैलाई धम्क्याउनेदेखि कुनै पनि स्तरको सम्झौता गर्नसमेत तयार रहनुभएको पाइएको छ ।एमसिसी अनुमोदन गराउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आउनुभएका देउवाले पछिल्लो समयमा एमसिसीविरोधी नेताहरूलाई धम्क्याउनसमेत थाल्नुभएको छ

प्राप्त जानकारीअनुसार देउबाले झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचण्ड र भीमबहादुर रावललाई टेलिफोनमार्फत एमसिसी अनुमोदनमा सहयोग पुऱ्याउन आग्रह गर्दै नभए ठूलो समस्या पैदा हुने चेतावनी दिनुभएको छ ´। झलनाथ खनाल र माधव नेपाललाई एमसिसी अनुमोदन नगरिए देशमा सङ्कट आउने भन्दै चेतावनी दिनुहुने देउवाले प्रचण्डलाई चाहिँ ‘तपाईंमाथि नै सङ्कट आउने’ भन्दै थर्काउनुभएको बुझिएको छ `।

हिंसात्मक युद्धकालका बीभत्स घटनाबारे कुनै पनि बेला अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्ने भन्दै देउवाले एमसिसी पास नभए अमेरिकाको सहयोग तपाईंलाई हुन नसक्ने र तपाईंले ठूलो सङ्कटको सामना गर्नुपर्ने भनी प्रचण्डलाई बताउनुभएको थियो । जवाफमा प्रचण्डले ‘हामी छलफल गर्दैछौँ’ भनेका तर झलनाथले भने यसलाई जस्ताकोत्यस्तै अनुमोदन गर्न कुनै हालतमा पनि नसकिने भन्दै देउवालाई कठोर जवाफ दिनुभएको बुझिएको छ ´।

 

प्रतिक्रिया दिनुहोस