१३ महिनाभित्रै महिलाले दुईपटक जन्माइन् जुम्ल्याहा बच्चा

संसारमा थुप्रै चामत्कारिक घटना हुन्छन्, जो आम मानिसको कल्पनाभन्दा पनि बाहिर हुन्छन् । एउटा यस्तै घटना भएको छ, जसले प्रकृतिको सबैभन्दा ठूलो नियमलाई नै तोडिदिएको छ भन्दा पनि हुन्छ ।

हामी सबैलाई थाहा छ कि मानिसको बच्चा नौ महिनासम्म आमाको गर्भमा रहन्छ र मात्रै जन्मिन्छन् । यद्यपि कहिलेकाहीं अपवादको रुपमा सात महिनामै पनि बच्चा जन्मिएको सुनिन्छ ।

तर एक महिलाले भने १३ महिनाभित्रै दुईपटक जुम्ल्याहा बच्चा जन्माएर सबैलाई चकित पारेकी छन् । उनले १३ महिनाको अवधिमा चार जना बच्चा जन्माएकी हुन् । यो विशेष परिस्थितिलाई चिकित्सा भाषामा ‘मोमो ट्विन्स’ भनिन्छ । यसको पूरा रुप चाहिं मोनोएम्नियोटिक मोनोकोरियोनिक जुम्ल्याहा हो ।

यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान खतरामा हुन्छ । १३ महिनामै दुईपटक जुम्ल्याहा बच्चा जन्माउने महिलाको नाम ब्रिटनी हो । ब्रिटनी र उनका पति फ्रेंकीले केवल एक वर्षअघि मात्रै अमेरिकी राज्य अलाबामामा जुम्ल्याहा बच्चा जन्माएका थिए । तर त्यसको ६ महिनापछि नै ब्रिटनीले दोस्रोपटक जुम्ल्याहा जन्माइन् ।

उनले पहिलो जुम्ल्याहा बच्चाको रुपमा छोरा लेभी र छोरी लुकालाई जन्म दिएको ६ महिनामै जुम्ल्याहा छोरी जन्माएकी हुन् । उनले शल्यक्रियामार्फत सन् २०२२ को अक्टोबर २५ मा दोस्रोपटक जुम्ल्याहा जन्माएकी थिइन् । उनको दोस्रो गर्भ निकै दुर्लभ घटना हो । त्यो निकै जोखिमपूर्ण अवस्था पनि रहेको हुँदा उनी ५० दिनसम्म अस्पतालमै बस्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस