कुकुरहरुको धुमधाम विवाहको हेरेर दुनियाँ चकित, केही मिनेटमा नै भिडियो भाइरल

काठमाडौं । विवाह दुई व्यक्तिहरू मध्य प्रायः एक नर र एक नारीको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ–आफनै तरिकाले गर्ने गरिन्छ ।

तर आज हामीले जुन विवाहको विषयमा कुरा गर्दैछौ, तपाईंले पहिले देख्ने त के सुन्नु पनि भएको छेन ।अक्सर हामी सामाजिक सञ्जालहरुमा त्यस्ता चीजहरू हेर्न पुग्छौ, जुन कुरा सायद हामी वास्तविकतामा देख्न सक्दैनौं ।त्यस्तै एउटा भिडियोले सामाजिक सञ्जाल तत्ताएको छ । भाइरल भिडियोमा कुकुरको विवाह देखाइएको छ ।

तपाईंले धेरै विवाहहरू अवश्य देख्नु भएको हुनुपर्छ तर कुकुरको विवाह र कुकुर नै दुलाह र दुलही भएको देख्नु भएको छैन् ।एक कुकुरको जोडीको विवाह देखेर तपाईं पनि छक्क पर्नुहुनेछ । कुकुर्नीले आफूलाई दुलहीले जस्तै सिंगार्यो र कुकुर चुपचाप सँगै बसेको छ ।

उनीहरुको व्यवहार पनि दुलहा र दुलहीको जस्तो देखिन्छ । दुलहीले कानमा झुम्का लगाइएको छ, टाउकोमा दोपट्टा र टीका र एउटा माला दुबैको घाँटीमा पनि देख्न सकिन्छ ।

केहि मानिसहरू कुकुरहरूको यो अद्भुत विवाहको भिडियो देखेर छक्क परेका छन् । कोही त हाँस्दै पनि छन् ।जे भए पनि, यो भिडियो अद्भुत छ । त्यस भिडियोमा, बलिउड फिल्म ‘धडकन’ को प्रसिद्ध गीत–दुल्हे का सहारा सुहाना लग्ता है ।बजिरहेको छ जसले यस भिडियोलाई अझ रमाइलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस