आँखा फर्फराउँदा सगुन कि अपसुगन ,यस्तो छ धार्मीक र वैज्ञानिक कारण

आँखा फर्फराउँदा धेरै मानिस सगुन कि अपसुगन हुने मान्यता राख्दछन् । आँखा फर्फराउँने सम्बन्धमा सामुन्द्रिक शास्त्रले अलग–अलग संकेत प्रस्तुत गरेको पाइन्छ। पुरुषको दाँया आँखा फर्फराएको शुभ मानिन्छ भने महिलाको बाँया आँखा फर्फराउनु शुभ मानिन्छ ।

पुरुषको दाँया आँखा फर्फराउनु सामुन्द्रिक शास्त्रका अनुसार शुभ मानिन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ । महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर सबै बेला आँखा फर्फराउनुमा शुभ संकेत नहुन पनि सक्छ । वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ ।

१) आँखामा समस्या
आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ । लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।

२) तनाव
कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ । तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ । तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ ।

३) थकान
अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ । यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ ।

४) सुख्खापन
आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस