यस्तो बनेर आयो अनमोल स्टारर ‘छड्के २’ को प्रोमो (भिडियो सहित)

फिल्म ‘छड्के २’ को प्रोमो रिलिज भएको छ । प्रोमोमा युवा स्टार अनमोल केसीलाई…रुपमा प्रस्तुत गरिएको छ । फिल्म हलमा लाग्ने दश दिन अगाडी निगम श्रेष्ठ निर्देशित ग्याङस्टर फिल्म छड्के २ को प्रोमो लञ्च गरिएको हो । फिल्म यही फागुन १९ गतेदेखि रिलिज हुँदैछ । प्रोमो :

अनमोलसँगै फिल्म छड्के २ मा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस