विश्वलाई कोरोनाबाट जोगाउने भन्दै मन्दिरमा दिइयो मानव बलि

एजेन्सी। भारतमा एक पुजारीले ब्राह्मणी देवी मन्दिरमा पुरुषको टाउको काटेर बलि दिएका छन् । हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना बाहिर आएको हो।

ती पीडित मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्थे । ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताए । पुजारीले हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस