प्रचण्डविरुद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश, पक्राउ गर्न निवेदकको माग

काठमाडौं । सर्वोच्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्धको मुद्धा सुनुवाई गर्न आदेश दिएको छ । यसअघि उक्त मुद्धा दर्ता गर्न सर्वोच्चले अनुमति दिएको थिएन् । तर शुक्रबार सर्वोच्च अदालतले प्रचण्डबिरुद्धको मुद्धा दर्ता गर्न आदेश दिएको हो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

प्रचण्डविरुद्ध तत्कालीन विद्रोही नेकपा (माओवादी) बाट मारिएका रामेछापका टीकाराज आरणका छोरा ज्ञानेन्द्रराज आरणसहित १५ जनाले दिएको एक र अर्को माओवादीद्वारा विस्थापित तथा घाइते बनाइएका रामेछापकै कल्याण बुढाथोकीसहित ८ जनाले दिएको अर्को गरी दुई वटा छुट्टाछुट्टै निवेदन दर्ता गर्न सर्वोच्चले आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस