एउटै महिनामा दुई पटक मङ्गल चौथी व्रत नयाँ व्रत बस्ने हरुका लागि अति उपयुक्त समय

जेठ २७ गते मंगलबार उत्तरषाढा नक्षत्रको शुभयोगमा गणेश चतुर्थी पर्व परेको छ ।

धार्मिक हिसाबले यस्ता योगहरुलाई विशेष महत्त्वका साथ हेरिने गरेको छ ।उत्तराषाढा नक्षत्रका स्वामी ग्रह सूर्य भएकाले अहिलेको अवस्थामा वृहस्पति शनिको राशिमा निच अवस्था रहेकाले विशेष महत्त्वका साथ हेरिएको हो।

आषाढ कृष्ण पक्षमा परेको मंगल चौथी विशेष रुपमा लिने गरिएको छ । यस्ता प्रकारका योग बन्नका लागि एकदमै धेरै समय लाग्ने गरेको छ । गणेश चतुर्थीको व्रत विशेष गरि सन्तान, सुखी वैवाहिक सम्बन्ध तथा विद्यार्थी र लक्ष्मी पुजाको लागि पनि विशेष रुपमा व्रत तथा पूजा गरिएमा कुनै पनि प्रकारका मांगलिक दोष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।

लामो समयसम्म विवाह नभएकाहरुले पनि यो व्रत बसेमा छिट्टै मनोकामना पूर्ण हुने उल्लेख गरिएको छ ।

भगवान् शंकर तथा माता पार्वतीका पुत्र श्रीगणेशलाई विभिन्न नामले पनि पूजा गर्ने परम्परा रहिआएको छ ।

सबै देवताहरुमध्ये सर्वप्रथमा गणेशको पूजा गरेपछि मात्रै अरु देवताहरुको पूजा गर्ने परम्परा रहिआएको छ ।

शास्त्रकाअनुसार भगवान् गणेशका ऋद्धि र सिद्धि नाम गरेका दुईवटा पत्नी भएको कुरा शास्त्रमा वर्णन गरिएको छ, जसलाई शुभ लाभ भनेर पनि भन्ने गरिन्छ । यदि कसैलाई विवाहमा कुनै प्रकारका समस्याहरु भएको भए पनि यो व्रतले शुभ हुनेछ ।

कुनै पनि विद्यार्थीलाई पढाइमा बाधा अवरोध भइरहेको छ भने गणेश संकट मोचन स्त्रोत्र कुनै आठ जना पढ्ने मानिसहरुलाई आफ्नै हातले लेखेर दान गरेमा अवरोध भएको कुनै प्रकारका विद्या सुचारु हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ ।

जन्म समयमा कुनैपनि प्रकारका मांगलिक दोष भएको भए विधिपूर्वक गणेश चतुर्थीको व्रत बसेमा या पूजा गरेमा कुनै प्रकारका समस्या नरहने समेत ज्योतिषीहरुले जानकारी गराएका छन ।

मांगलिक पूजाको नाममा कुनै प्रकारको थप पुजा गरिरहनु नपर्ने समेत जानकारी गराएका छन । गणेशको पूजा गर्दा दुबो, सिन्दुर र स्वामीको पातले पूजा गर्दा सफल हुने समेत विज्ञहरुले जनाएका छन । सन्तानको लागि यदि कसैको लामो समयसम्म नभएको अवस्थामा यो व्रत वस्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरिएको छ।

यस्ता पबित्र दिन लामो समयपछि आउने भएकाले विशेष महत्त्वका सात लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस