महिनावारीको बेला ध्यानदिनुपर्ने सरसफाई

काठमाडौं । महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो ।

यो सबै महिलाहरुमा १० देखि १५ वर्षको उमेरमा सुरु हुन्छ भने लगभग ४५ देखि ५५ वर्षका महिलाहरुमा रोकिन्छ ।

महिनावारीको बेला सरसफाईको विशेष आवश्यकता पर्छ । यदि सरसफाइमा ध्यान पुर्याइएन भने गुप्तांगमा संक्रमणको समस्या बढढन सक्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

ध्यानदिनुपर्ने सरसफाई

♦स्यानिटरी प्याड ट्याम्पन मेन्सट्रवल कप अथवा घरमै बनाइएको कपडाको प्याडको प्रयोग गर्ने
♦कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन ।
♦महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ । यसले कपडा मा भएको परजीवि नाष्ट हुन्छ ।
♦हरेक ६ घण्टामा प्रयोग गरेको प्याड ट्याम्पन कपडा फेर्ने र मेन्सट्रवल कप निकालेर पखाल्ने
♦प्रयोग गरेको प्याड ट्याम्पन कपडा लाई कागजले बेरेर ढक्कनभएको डस्टबिनमा सहि तरिकाले फाल्ने
♦महिनावारीको समयमा सकेसम्म दिनहुँ नुहाउने वा गोप्य अंग राम्ररी सफा गर्ने

प्रतिक्रिया दिनुहोस