किन पटक-पटक खेर जान्छ गर्भ ?

काठमाडौं । सामान्यतया २८ हप्ताभन्दा अगाडि गर्भमा भएको भ्रूण असामन्य तरिकाले बाहिर निस्कने प्रक्रियालाई गर्भपात भनिन्छ । यस्तो अवस्थामा गर्भ आफै स्वतः बाहिर निस्कन्छ। गर्भमा रहेको भ्रूण जन्मनु अघि नै प्राकृतिक रुपमा मृत्यु हुन्छ।

यदि दुई वा दुई भन्दा बढी बच्चा खेर गयो भने चिकित्सकको सल्लाह अनुसार काम गर्नुपर्ने हुन्छ ।

♦कुन अवस्थामा खेर जान सक्छ गर्भ

♦पाठेघर बाहिर बच्चा बसेको अवस्थामा,

♦पाठेघरभित्र मासु पलाएमा ,

♦पाठेघर सानो भएको अवस्थामा,

शरीरमा रहेका विभिन्न प्रकारका हर्माेनहरुमा सन्तुलन हुन नसकेको अवस्थामा पनि बच्चा खेर जान्छ । पहिलो तीन महिनामा क्रोमोजोमको खराबीका कारण अधिकांशको बच्चा खेर जाने गर्छ । यदि बच्चामा राम्रो क्रोमोजोम बनेन भने पहिलो ३ महिनामा बच्चा खेर जान्छ।

पहिलो ३ महिनामा बच्चा खेर जानुको ८० प्रतिशत कारण नै खराब क्रोमोजोम हो । आमाबुबामा रहेको वंशाणुगत खराबीका कारण पनि बच्चा खेर जाने गर्छ।

विभिन्न प्रकारका इन्फेक्सन,पुरुषको शुक्रकिट कमजोर हुनु,जीवनशैली , खानपान,महिलाको उमेर ३५ बर्षभन्दा बढी हुनु लगायतका कारण पनि बच्चा पटक पटक खेर जाने गर्छ।

प्रतिक्रिया दिनुहोस