अष्ट्रेलिया उडिन् ,समिक्षा अधिकारी।,

बुधबार अबेर सामाजिक सञ्जाल टिकटकमा भिडियो बाहिरिएपछि उनी अष्ट्रेलिया उडेको बुझिएको हो । दिदि शर्मिला अधिकारीसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष बाहिर उनलाई बिदाई गर्दै गरेका केहि भिडियोहरु टिक,टक मा चर्चामा रहेका छन् ।

खत्री सुवास’ नामक टिकटक अकाउन्टबाट समिक्षालाई ‘साली’ भनिएको छ भने अन्य केहि अकाउन्टहरुबाट पनि उनलाई बिदाई गरिएका भिडियोहरु बाहिर आउका हुन् । सानो उमेरमा नै हजारौँ गीतमा लाखैको मनमा बसेकी उनी अष्ट्रेलिया लागे सँगै उनका फ्यानहरु दुखी भएका छन् ।

आफ्नो गायन यात्रा उत्कर्षमा पुगेको समयमा व्यक्तिगत समस्या झेल्नु परेपछि उनि गायनमा कमै मात्रामा देखिए की थिइन् ।

यहि कारण विदेशमा पलायन हुन बाध्य भएको अनुमान समेत गर्न थालिएको छ । उनले चलचित्र ‘नाई नभन्नु ल ५’को चर्चित गीत ‘बालापनको उमेर’ गाएपछि उनको व्यावसायिक गायन यात्रा सुरु गरेकी थिइन् 

प्रतिक्रिया दिनुहोस