भारत अष्ट्रेलियाको लागि प्रमुख सुरक्षा साझेदारः अष्ट्रलियाका प्रधानमन्त्री अल्बानीज

मुम्बई— अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भारत अष्ट्रेलियाको लागि प्रमुख सुरक्षा साझेदार भएको बताएका छन् । भारत भ्रमणको क्रममा उनले भारत प्रशान्त र बाहिर दुवैतर्फ अष्ट्रेलियाको दृष्टिकोणको मुटुमा राख्ने आफ्नो सरकारको प्रतिबद्धता झल्काउँछ।

उनले भने, ‘अष्ट्रेलियाका लागि, भारत एक उच्च–स्तरीय सुरक्षा साझेदार हो। हिन्द महासागर दुवै देशको सुरक्षा र समृद्धिको केन्द्रबिन्दु हो। र हाम्रो देशको इतिहासमा यस्तो बलियो रणनीतिक पङ्क्तिबद्धता भएको कहिल्यै भएको छैन। अष्टे«लिया र भारत सम्बन्ध अझ प्रगाढ भएको छ र क्वाड नेताहरूको बैठकमा प्रधानमन्त्री मोदीको उपस्थितिले अझ बलियो बन्नेछ’ ।

उनले अष्ट्रेलियाले पहिलो पटक एक्सरसाइज मालाबार आयोजना गर्ने घोषणा पनि गरे। उनले अगस्टमा पहिलो पटक अष्ट्रेलियाको ‘तालिजमान साब्रे’ अभ्यासमा पनि भारतले भाग लिने बताए । अगस्टमा अष्ट्रेलियामा भारतीय नौसेनालाई स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए । ।

भारतको नौसेनाका प्रतिभाशाली र उच्च पेशेवर पुरुष र महिलाहरूसँग भेट्न पाउँदा ठूलो आनन्द लागेको बताए ।

उनको आईएनएस विक्रान्त भ्रमण भारत र अष्ट्रेलियाबीचको मित्रताको ७५ वर्षको पुगेको अवसरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस