शीर्षक: कथा जिन्दगीको

हामी हासिरहेका थियोउ त्यतिकैमा बाबा आएर भन्नुभयो “होइन खाना पाक्यो त अघि भन्दैथियोउ खान बोलाउदैनौ त आमा, छोरी, बुहारिहरु भएसी त म एक्लो मान्छेलाइ त वास्ता नै छैन त बा।”

ममि हास्दै: के के भन्नुहुन्छ बुडो मान्छे पनि?? यहाँ जगमा पानी छ हात धोएर आउनुस बरु खाना खानलाइ। ल बुहारी खाना पस्क हाम्रो लागि पनि सबैजना ले खानुपर्छ अब ढिला पनि भैसक्यो।

कान्छी भाउजु: हस् ममि।

स्नेहा: ल सायु त पनि हात धोएर आइज। ए अघिनै पो धोएकी होलि यसले त म पनि धोएर आउछु है त।

म: उम मैले अघि धोको त धोएर आइज।

सबैजना बसेर रुचेको जति खाना खायोउ अनि सुत्न आफ्नो आफ्नो कोठामा गयोउ दिन त खुसी साथ हासेरै बित्यो तर रात थियो जसले निदाउन दिदैन थियो आँखा ओभानो हुन दिदैनथ्यो। रुदिन आफुलाइ सम्हाल्छु भनेपनी नसकिने रहेछ थाहा थियो गर्भवती भएको बेला रुनुहुन्न भनेर तर आँसु जो बैमान थियो नझरी उसको चित्त कहाँ बुझ्थ्यो र?

म गर्भवती भएको पनि ३ महिना पुगिसकेको थियो कहिले रोएर त कहिले हास्दै बित्ने दिनहरु आफ्नै गतिमा बितिरहेको थियो। एकदिनको कुरा हो सर्प्राइज दिन भनेर दाइहरु खबर नै नगरी घर आउनुभयो। दाइहरुलाइ घरमा देखेर सबैजना खुसी हुनुभयो सुरज दाइले मलाई हेर्दै भन्नुभयो “चिन्ता नगर बहिनी तेरो दाइहरु सधैं तेरो साथमा छौँ अनि ज्वाइँ लाई पनि चाडै ठिक हुनेछ।”

म: दाइ जिन्दगीको सबैभन्दा ठुलो चाहना भनेकै हजुरहरुको ज्वाइँ ठिक हुनु हो मेरो लागि तर खै कहिले ठिक हुनुहुन्छ र? अब त भगवान सङ्ग माग पनि धेरै कुराको छैन बस् उहाँ चाडै ठिक हुनुस यत्ती भए पुग्छ मलाइ।

सुधिर दाइ: चिन्ता नगर बहिनी चिन्ता समस्याको समाधान होइन। हुन त आफ्नो जीवनसाथी यो अबस्थामा हुदा गार्हो भैरहेको होला तलाइ पनि तर के गर्ने चिन्ताले आफ्नै स्वास्थ्यलाइ हानी गर्छ।

सुरज दाइ: हुन त यो अबस्थामा तलाइ यहि बस्नु ठिक थियो हामी आफै तलाइ यहाँ ल्याएर राख्थ्योउ तर घरबाट निकालिदिएको मा चाहिँ अत्ति रिस उठेको छ के मलाई। होइन हाम्री बहिनिको कोहि छैन जस्तै सोचेर त्यसरी निकाल्न त मिलेन नि। ज्वाइँ मात्रै ठिक हुनुस न क कसलाई के के भन्नुपर्छ मैले जानेको छु।

म: दाइ हजुरहरुले मेरो लागि धेरै गरिसक्नुभयो अब केही हर्नुपर्दैन।

सुधिर दाइ: होइन तैंले भन्न खोजेकी चाहिँ के हो सायु? त हाम्री बहिनी होस् त्यसैले त्स्रो लागि हामी जे पनि गर्न सक्छौ। हाम्रो सबैभन्दा ठूलो सम्पती हाम्रो खुसी नै त होस् अनि तेरोलागी हामिले नगरे कसले गर्छ? हामिले जे तेरो लागी गर्छौ त्यो हाम्रो कर्तब्य हो जिम्मेवारी हो त्यो सब जो कोहि दाजुहरुले आफ्नि बहिनिको लागि गर्छन।

म: त्यो त हो दाइ तर…

सुधिर दाइ: तर?? के तर तैंले भन्न खोजेको के हो मैले बुझिन नि।

म: म अब त्यो घरमा फर्किएर जान्न।

सुरज दाइ: किन? किन जान्नस त त्यहाँ? त्यो घर जति उनिहरुको हो त्यतिनै तेरो पनि हो तेरो पूरा अधिकार छ त्यो घरमा।

म: अधिकार भएपनी म बस्न चाहन्न त्यो घरमा। मेरो कारण हजुरहरुको ज्वाइँ त्यो अबस्थामा हुनुहुन्छ अब अरु कसैको जिन्दगी जोखिममा राख्न चाहन्न म। दाइ मेरो कारण म पेटमै हुँदा मेरो बाबा बित्नु भयो त्यो सब होइन जस्तो लाग्थ्यो तर आफ्नै अगाडि प्रयासलाइ त्यस्तो हुदा म पनि बाध्य भए कि औस्याहाको छायाले साच्चिकै पिरोल्छ।

सुधिर दाइ: चुप लाग कसले भन्यो त्यस्तो नचाहिने कुरा? हाम्री बहिनी त करोडौं मा एक छस अनि सबैभन्दा खास। जुन कुरा अहिले तेरो मनमा छ नि त्यो एउटा भ्रम मात्रै हो तेरो सत्य कुरा त यो हो जहाँ त हुन्छस नि त्यहाँ को माहोल सधैं खुसी र त्यो घरमा लक्ष्मीको बास हुन्छ।

म: भयो दाइ झुटो आश्वासन नदिनुस मलाई, किनकी अब धेरै बुझिसके मैले। जुन कुरालाई भ्रम मान्थे म त्यो कुरा सत्य रहेछ भनेर थाहा पाइसके अब अरु के भन्ने र?

सुरज दाइ: चुप लाग त यस्तो बच्चा जस्तो कुरा नगर है। यस्तो अबस्थामा बढी चिन्ता लिएर बस्ने काम नगर् बहिनी नगर् तलाइ मात्रै होइन हामिलाइ नि गार्हो हुन्छ। फेरि यस्तो अबस्थामा धेरै चिन्ता लिन पनि हुँदैन अलि सोचेर सम्झेर अघि बढ्नुपर्छ बस् चिन्ता नगरि बस सबै ठिक हुँदै जान्छ आफै।

स्नेहा छक्क पर्दै: होइन हामी मध्ये त कसैले भनेका छैनौ स्नेहाको यस्तो अबस्थाको बारेमा फेरि सबै कुरा हजुरले कसरी थाहा पाउनुभएको हजुरले ममिले भन्नुभको हो?? अघि देखि यस्तो अबस्थामा यस्तो अबस्थामा भन्नुहुन्छ।

सुरज दाइ: के भन्छिन् इनि तिमीले आफै त सुनाएकी हैनौ त मलाई फोन गरेर? अनि बुहारीले सुधिरलाइ।

कान्छी भाउजू: मैले नाइ नाइ मैले सुनाएकै छैन आएपछी एकैचोटि सर्प्रराइज दिने भनेर नभनेको तर आफै थाहा पाउनुभएछ।

सुधिर दाइ: बहिनिको यस्तो अबस्था पनि घर आएर सर्प्रराइज दिने भन्नू नराम्रो लाग्दैन?

स्नेहा: अनि खुसीको कुरा सर्प्रराइज त दिने होनि तर ममिले भनिहाल्नु भएछ क्यारे हाम्रो चाहना खेरै गयो।

सुरज दाइ: खुसीको कुरा रे? होइन तिमीहरू बौलाउन त लागेनौ यस्तो अबस्थालाइ नि खुसीको भन्छौ?

स्नेहा: अनि मामा बन्न पाउनु खुसीको कुरा होइन भने दुखको हो त?? कि हजुरहरुलाइ मामा बन्न पाउँदा दुख लागेको छ र?

सुरज दाइ र सुधिर दाइ दुबैजना अचम्म मान्दै एकै स्वरमा: के रे??

क्रमशः

Naayavi Limbu….✍️✍️

प्रतिक्रिया दिनुहोस