त्यो रात जसले मेरो कोख भरिदियो र उसलाई मैले भगवान माने

कथा/इन्दिरा प्रसाईं – बिहे गरेको दस वर्ष नाघिसक्ता पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् । दुई वर्षअघि दिल्ली पुगेर पतिपत्नी दुबैको सम्पूर्ण मेडिकल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो ।

उक्त जाँचमा उमङ्गको विर्यमा फर्टिलिटिको अङ्श पर्याप्त नभएको नतिजा निस्केको थियो । यस्तो अवस्थामा भगवानकै चमत्कार भएमात्र तपाईं दुईबाट सन्तान जन्मन्छ । अँ १ टेष्टट्युब गर्न सकिन्छ, तर त्यसमा पनि विर्य चाहीं व्याङ्कबाटै लिनु पर्ने हुन्छ । डा. को सल्लाह थियो । तर उमंग कुनै पनि हालतमा पनि यसप्रकारले सन्तान नचाहने अडानमा रहे ।

उत्तराले पनि लोग्नेको अडान तोड्नका लागि जिद्धि गर्न सकिनन् । दिल्लीबाट फर्केर आएपछि उनीहरु वीचको सम्बन्ध दिनदिनै चिसिँदै गएको थियो । पार्टीमा मात्र मात्ने उमंग अब आधा रातसम्म घर बाहिर रहने र फर्क‌दा होसै नरहने भइसकेको थियो। त्यो रात पनि त्यस्तै भएको थियो ।उत्तरा आफ्नो शयनकक्षमा राखिएको कम्प्यूटरमा रमाउन खोज्दै थिइन् । उमंग कोल्टे फर्केपछि उनको एकमात्र साथी यही कम्प्यूटर भएको थियो । गुगल गरेर विश्वका विविध विषय र प्रविधिबारेको जानकारीमा रमाउँदै समय विताउनु उनको दैनिकी थियो ।

दिँउसोको समय त कार्यालय र घर गर्दा सजिलै बित्ने गर्थ्यो । तर रात जति गर्दा पनि बित्दैन थियो । उमंग घर नआउञ्जेल उनलाई विछ्यौनामा पल्टनै मन लाग्दैनथ्यो भने उमंग आएपछि पनि उनको निर्दै टरिसकेको हुन्थ्यो । त्यसैले कम्प्यूटरको वेभ भिजिट उनको वाध्यताजस्तै भइसकेको थियो । त्यही क्रम पनि अब एकरसिय भइसकेको थियो । त्यो रात पनि उनी अल्छिलाग्दो पाराले वेभ भिजिट गर्दै थिइन । अचानक उनको मनमा फर्टिलिटी गुगल गर्ने विचार आयो । नभन्दै गुगलले केही बेरमा नै सँधैझैं फर्टिलिटी बारेकै विविध साइटहरुबारे जानकारी गरायो । त्यसमध्येका अधिकांश साइटहरु उत्तराले भिजिट गरिसकेकी थिइन् ।

त्यसैले दिक्क मानेर त्यहाँबाट फर्किन लागेकी थिइन । त्यसैबेला ुआजै खुलेको आश्चर्यजनक यस साइटमा भिजिट गर्नुस् लेखिएको विज्ञापनमा उत्तराका आँखा परे । के रै छ यस्को नयाँ नौलो हेरौं न त । उत्तरालाई लाग्यो र उनले त्यसमा क्लिक गरिन् । यो साइट पाँच मिनेट अघिमात्र परीक्षणका लागि राखिएको हो ।

जसकसैले यो साइट भिजिट नगर्नु होला । प्रयोगका क्रममा कुनै ग्राहकलाई कुनै समस्या पर्न गएमा गुगलले जिम्मेवारी लिने छैन। सावधानीका वाक्य लेखिएका राता अक्षरहरुलाई आवश्यकता भन्दा बढी प्रकाशित गरिएको थियो । सावधानीका कुरा पढेपछि उत्तराले रोमाञ्चको अनुभूति गरिन् । डराएर गुगलबाट फर्किनुको साटो उनलाई उक्त साइट एकपटक खोलेर हेर्ने उत्कट इच्छा भयो । त्यसैले उनले त्यहाँ पनि क्लिक गरिन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,, एडीएसएलको नेट केही स्लो भएकाले केही बेर उनले अधैर्यसाथ वेभ खुल्ने प्रतिक्षा गरिन् ।

त्यसक्षण उनलाई उक्त वेभसाइट खुल्नुको प्रतिक्षाअवधि निकै लामो लागेको थियो । अन्ततः वेभपेज उनको कम्प्यूटरमा खुलेको थियो । त्यस पेजको शिरमा पुनः अघिकै सावधानीका वाक्य रातै अक्षरमा दोहोर्याइएको थियो । तपाईं साहसका साथ यस पेजमा आइपुग्नु भएकोमा स्वागत छु त्यसको तल्तिरपटि लेखिएको थियो । कृपया सावधानीका साथ यो फर्म भर्नुहोस् । त्यसदेखि तलतिर एउटा फर्म थियो । तपाईंको नाउँ ठेगाना लेख्नु होस् । तर तपाईंको नाउँ ठेगाना गोप्य राखिने छ । १। के तपाईं सन्तानहिन हुनुहुन्छ रु उत्तरको ठाँउमा हो होइन लेखिएको थियो । उनले हो मा चिनो लगाइन् ।२। के तपाईं पैंतिस वर्ष नाघ्नु भएको छैन र उत्तरको ठाँउमा छ छैन लेखिएको थियो ।

उनले छैन मा चिनो लगाइन् ।३।के तपाई विज्ञानसम्मत रुपले आमा बन्नका लागि योग्य हुनुहुन्छ ? अर्थात् तपाईंको मेडिकल जाँच भइसकेको छ ? उत्तरका ठाँउमा छ छैन लेखिएको थियो । उनले छ मा चिनो लगाइन् । कृपया अर्को पानामा जानुहोस् लेखिएको ठाँउमा उत्तराले क्लिक गरिन् । तपाईं नछुने भएको कति दिन भयो र त्यहाँ कर्शरले तानेर अंक राख्नु पर्ने थियो । उत्तराले सातको अंक राखी दिइन् । त्यसपानामा त्यही एउटामात्र प्रश्न लेखिएको थियो र अर्को पानामा जाने चिन्ह थियो।

प्रतिक्रिया दिनुहोस