पुरुषको यौन शक्ति बढाउने ६ प्राकृतिक तरिका

बढ्दो उमेरसँगै कयौ पुरुषहरु कामेच्छामा कमी भएको अवस्थाको सामना गरिरहेका हुन्छन् । विज्ञहरुका अनुसार यो ठूलो समस्या होइन् ।

कोही मानिस आफ्नो सेक्स चाहना बढाउन चाहन्छ भने यसका लागि कुनै औषधी आवश्यक छैन । प्राकृतिक तरिकाले यसको समाधान गर्न सकिन्छ ।

अहिलेको व्यस्त लाइफ र कामको प्रेसरबाट उत्पन्न हुने तनाव, व्यक्तिगत सम्बन्धमा आएका समस्या, स्वास्थ्यसँग जोडिएका समस्या, बढ्दो उमेरमा सेक्स चाहना घट्नुका प्रमुख कारण मानिन्छन् ।

यौन चाहना बढाउनका लागि पुरुषहरु अक्सर कयौं औषधीहरु प्रयोग गरिरहेका हुन्छन् । तर, सेक्स पावरलाई प्राकृतिक तरिकाबाट पनि बढाउन सकिन्छ ।

१. स्वस्थ डाइट – आफ्नो दैनिक जीवनमा हेल्दी डाइटको सेवक गर्नाले सेक्सको चाहना बढ्न सक्छ । त्यसका लागि आफ्नो खानामा कम गुलियो खानेकुरा, हरियो पातवाला सागसब्जी र प्रोटिनयुक्त डाइट सामेल गर्नुपर्छ ।

२. तनाव व्यवस्थापन – हरेक मानिसको जीवन अलगअलग स्टेजमा कुनै न कुनै तनावसँग जुधिरहेको हुन्छ । तर, यस्ता तनावका बेला आफूलाई शान्त राख्न जरुरी हुन्छ । धेरै चिन्ता तपाईको यौन चाहनालाई कम गर्न सक्छ । खराब अवस्थामा आफूलाई चिन्तामुक्त राख्ने बानी बनाउनुपर्छ । जसले यौन चाहना कम हुने समस्यालाई हटाउन सहयोगी हुन्छ ।

३. आठ घण्टा निन्द्रा – राम्रो निन्द्रा कयौं बिरामीको रामवाण उपचार हो । यसको गहिरो सम्बन्ध यौन चाहनामा पनि हुन्छ । सन् २०१५ मा भएको एक अनुसन्धानकाअनुसार यदि तपाई रातमा दैनिक कमसेकम ८ घण्टा निदाउनु हुन्छ भने त्यसको राम्रो प्रभाव यौन जीवनमा पनि पर्छ ।

४. वजन बढ्न – नदिनु कयौं वैज्ञानिकहरु मोटोपनलाई सेक्स चाहना कम हुनुसँग जोड्छन् । बढी वजन हुँदा टेस्टोस्टेरोन लेभल कम हुने खतरा रहन्छ । त्यसकारण आवश्यकताभन्दा बढी वजन हुनबाट बच्नुपर्छ । यसबाट यौन चाहना बढ्न सक्छ ।

५. हर्बल उपचार – पुरुषमा यौन चाहना बढाउनका लागि हर्बल उपचार कति असरदार छ भन्ने विषयमा धेरै कम अनुसन्धान भएका छन् । तर, यसका बाबजुद कयौं फाइदा हुन सक्छन् । सन् २०१५ को अध्ययनअनुसार यस उपचारबाट यौन क्रिया राम्रो हुन सक्छ ।

६. नियमित एक्ससाइज – यदि तपाई दैनिक एक्ससाइजलाई नियमितता दिनुहुन्छ भने यो यौन इच्छा बढाउनका लागि सहयोगी हुन सक्छ । सन् २०१५ मा टेस्टोस्टेरोनको लेभल कम हुने पुरुषमा अध्ययन गरिएको थियो । जसमा जो व्यक्ति नियमित एक्ससाइज गर्छन्, उनीहरुको यौन चाहना बढी पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस