कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सोमबार नेप्सेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कृषि विकास बैंकको २ प्रतिशत बोनसपछिको शेयरमूल्य २९३ दशमलव १४ रुपैयाँमा समायोजन भएकाे छ । बैंकको अन्तिम कारोबार २९९ रुपैयाँमा भएको थियो ।

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनसपछिको शेयरमूल्य ६६६ दशमलव ९३ रुपैयाँमा भएको छ । संस्थाको अन्तिम कारोबार ८१० रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस