३० वर्षीया गायिका सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरिन

हलिउडकी चर्चित गायिका, अभिनेत्री तथा निर्माता सेलेना गोमेज फेरि इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने महिला बनेकी छिन् । ओन्ली मर्डर्स इन द बिल्डिङ स्टारका इन्स्टाग्राममा ३८५ मिलियन फलोअर्स छन् । सेलेनाका फ्यान अमेरिकामा मात्र नभएर विश्वभर छन् ।

उनले यस मामिलामा व्यवसायी महिला काइली जेनरलाई पनि पछाडि छोडिन् तर यसपछि उनले एउटा अचम्मको काम गरिन् ।

३० वर्षीया गायिका आफैंले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन् । सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । यसअघि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिएकी थिइन् । तर, केही समयपछि फर्किन् । यसै क्रममा उनले अहिले फेरि सामाजिक सञ्जालबाट ब्रेक लिएकि छन् ।

टिक टकमा कुराकानी गर्दै उनले सामाजिक सञ्जालबाट ब्रेक लिएको बताइन् । उनले भनिन्, -म धेरै खुसी छु, मेरो संसारमा सबै भन्दा राम्रो साथी र सबै भन्दा राम्रो फ्यानहरू छन्। हो, म सामाजिक सञ्जाल छोड्दै छु, किनभने यो अलि मूर्ख तरिका हो । तर म तिमीलाई धेरै माया गर्छु। छिट्टै भेटौला । उनि आजकाल खतरनाक रोगबाट पीडित छिन् ।

उनले टिकटक लाइभ सेसनमा आफू ‘लुपस’बाट पीडित भएको खुलासा गरिन् । उक्त रोगबाट ग्रसित यो एउटा यस्तो रोग हो जसको अहिले कुनै उपचार छैन । यस रोगको उपचार पूर्णतया औषधिमा आधारित छ। यो एक रोग हो जसले शरीरमा धेरै परिवर्तनहरू निम्त्याउँछ, जस्तै शरीरमा सूजन।

प्रतिक्रिया दिनुहोस