भारतले मार्च १७ देखि सांघाई सहयोग संगठन अन्र्तगत पर्यटन मन्त्री स्तरीय सम्मेलन गर्दै

नयाँ दिल्ली — भारतले मार्च १७ देखि १८ तारिखमा वाराणसीमा सांघाई सहयोग संगठन (एससीओ) अन्र्तगत पर्यटन मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ । वाराणसीलाई एससीओको पहिलो सांस्कृतिक राजधानीको रूपमा तोकिएको छ।

भारत सांघाई सहयोग संगठनको वर्तमान अध्यक्ष हो। पर्यटन मन्त्रीहरुको बैठकमा एससीओ सदस्य राष्ट्रहरुबीच पर्यटन क्षेत्रमा सहकार्यको विकासका लागि पर्यटन संयुक्त कार्ययोजना स्वीकृत गरिने भारतको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलन अघि पर्यटन विशेषज्ञ कार्य समूह बैठक बस्नेछ । बैठकले अघिमार्च १७ मा हुने एससीओ पर्यटन मन्त्रीहरूको सम्मेलनमा छलफल गर्ने विषय पारित गर्नेछ ।

काशीमा मार्च १७ मा एससीओ पर्यटन मन्त्रीहरूको बैठकमा संयुक्त कार्ययोजना स्वीकृत हुनेछ।

सम्मेलनमा छलफल हुने विषयमा पर्यटन ब्रान्डको प्रवर्द्धन, पर्यटनमा एससीओ सदस्य राष्ट्रहरूको सांस्कृतिक सम्पदाको प्रवर्द्धन, पर्यटनमा सूचना र डिजिटल प्रविधिको आदानप्रदान लगायतका छन्। यस्तै, चिकित्सा र स्वास्थ्य पर्यटनमा पारस्परिक सहयोग, सेवाको गुणस्तर सुधार लगायतको विषय पनि समावेश भएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एससीओका आठ सदस्य राष्ट्रहरूले विश्वको जनसंख्याको करिब ४२ प्रतिशत र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ प्रतिशत प्रतिनिधित्व गर्छन्।

उल्लेखनीय रूपमा, एससीओ जुन १५, २००१ मा सांघाईमा स्थापना भएको एक अन्तरसरकारी संस्था हो। एससीओमा मा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, रूस, पाकिस्तान, ताजिकिस्तान र उजबेकिस्तान रहेका छन् । यस्तै, सदस्यतामा प्रवेश गर्न इच्छुक चार पर्यवेक्षक राष्ट्रहरूमा अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया छन् । त्यसैगरी, आर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलंका र टर्की छ वटा संवाद साझेदारको रुपमा रहेका छन् । (एएनआई)

प्रतिक्रिया दिनुहोस