नेपाल बिरुद्ध युएईको कीर्तिमानी ब्याटिङ , ३११ रनको बिशाल लक्ष्य

चैत्र २ काठमाण्डौँ । युएई बिरुद्ध आईसीसी लिग डिभिजन २ को अन्तिम खेलमा नेपाली बलरहरु निरीह सावित भएका छन् । कमजोर बलिङको फाईदा उठाँउदै युएईले नेपाललाई ३११ रनको बिशाल चूनौती दिएको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । युएईका लागि आशिफ खानले अविजीत १०१ रन जोड्दै शतक पूरा गरे । उनले ४२ बलमा १०१ रन पूरा गर्ने क्रममा ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यसपछि आरबिन्दले ९४ रन जोडे भने मोहम्मद वासिमले ६३ रनको योगदान युएईको उच्च योगफल तयार भयो ।

प्रतिक्रिया दिनुहोस