नेप्सेमा थपियो दुई विकास बैंकको ६० लाखबढी बोनस शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् । लुम्बिनी विकास बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस