‘कांग्रेसले हामीलाई पुरस्कार दिनुपर्ने, तर अहंकार देखायो’

काठमाडौं । तत्कालिन नेकपाभित्र अन्तरविरोध बढ्दै गएपछि २०७७ पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रतिकूल हुने गरी प्रतिनिधिसभा विघटन गरे । त्यसपछि उनको पार्टी नेकपाभित्रको संकट झन् झन् चुलियो, सर्वाेच्च अदालतले एकीकृत भएको नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा कायम रहने निर्णय गर्‍यो ।

पार्टीभित्रको विवादले एमाले पनि एक रहन सकेन, पार्टी गठनको सुरुवाती प्रक्रियादेखि नै सहभागी भएर एमालेलाई १७ वर्षसम्म नेतृत्व दिएका माधवकुमार नेपालसहितको एउटा समूह नेकपा एकीकृत समाजवादी गठन गरेर ओली विरुद्धको गठबन्धनमा सहभागी भयो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमै सहभागी भएर चुनावमा जाँदैछ । नयाँ पार्टी भएकाले यो अहिले उसका लागि आफ्नो शक्ति परीक्षण गर्ने बेला पनि हो । कतै गठबन्धनमा रहेर र कतै एकल गरी समाजवादीले ३३७ ठाउँमा उम्मेदवारी दिएको छ । आउँदो चुनाव, पार्टीको अवस्था र गठबन्धनबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरले गरेको कुराकानी :

प्रतिक्रिया दिनुहोस