भारत अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई फाइदा

थिम्पु— भारत एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन हब बनेपछि भुटानलाई थप फाइदा हुने भुटान लाइभले लेखेको छ ।

एयर इन्डियाको महामारीका कारण भएको नोक्सानीलाई हटाउन टाटा समूहले एयरबस र बोइङबाट ४७० वटा विमान खरिद गर्ने भएको छ। बोइङसँग ३४ अर्ब अमेरिकी डलर र एयरबसको करिब ३५ अर्ब अमेरिकी डलरको

सम्झौता भएको छ । यो सम्पूर्ण सम्झौता व्यावसायिक उड्डयन इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो।
योसँगै भारत चाँडै नै उड्डयन हब बन्न गइरहेको छ ।

भारतमा २०२२ मा हवाईयात्रुहरूको संख्या २०२१ को तुलनामा ४७ प्रतिशत बढेर १२३ मिलियन पुगेको छ । यो तथ्यांक नागरिक उड्डयन महानिर्देशनालयले सार्वजनिक गरेको हो ।
एयरपोर्ट, हेलीपोर्ट, वाटर एरोड्रोम र उन्नत ल्यान्डिङ ग्राउन्डजस्ता १०० असुरक्षित र अयोग्य अवतरण साइटहरूलाई सन् २०२४ सम्ममा पुननिर्माण वा विकास गर्ने भारतको योजना रहेको छ ।

विगत ८ वर्षमा भारतमा एयरपोर्टको संख्या ७४ बाट १४७ पुगेको छ। निकट भविष्यमा भारत विश्वको तेस्रो ठूलो नागरिक उड्डयन बजार बन्नेछ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

भुटान लाइभले रिपोर्ट अनुसार भारतको उड्डयन क्षेत्रको प्रगतीले भुटान, नेपाल, बंगलादेश, आदि जस्ता निकटका छिमेकीहरूलाई फाइदा पुर्‍याउनेछ।

प्रतिक्रिया दिनुहोस