प्रचण्डकै कार्यकालमा विकास निर्माणका कामले गति लिन्छन् : प्रभु साह

काठमाडौं, १० चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा मुलुकको विकास हुने दाबी गरेका छन् । उनले प्रचण्डमा मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्ति रहेको पनि बताए ।

आज (शुक्रबार). उनी नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच काठमाडौंको किम्ची रेष्टुरेन्टमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै साहले यस्तो बताएका हुन् । उनले अहिले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको पनि सुनाए । तर, प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा ती चुनौतीहरूको समाधान हुने र विकास निर्माणका कामहरूले गति लिने उनको दाबी छ ।

उनले भने,‘अहिले मुलुकमा पैसाको हाहाकार छ।किसान मारमा छन्। प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ।जनताले धितो राखेर पनि बैंकबाट पैसा पाईराखेको छैन। पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो, प्रधानमन्त्री प्रचण्डकै कार्यकालमा यी समस्याहरूको समाधान हुन्छ भन्ने आशा राखौँ।’

प्रतिक्रिया दिनुहोस