मार्च १८ मा पाकिस्तान शासित कश्मीर (पीओके) को ताट्रिनोटमा जम्मू कश्मीर नेशनल स्टुडेन्ट्स फेडरेशन

(जेकेएनएसएफ) र नेसनल अवामी पार्टी (एनएपी) को र्‍यालीमा तीन आतंककारीहरूले गोली चलाएको हालैको घटनाले पाकिस्तानी सेना र पाकिस्तानको खुफिया एजेन्सी (आईएसआई) ले त्यस्ता आतंकवादी संगठनहरूलाई संरक्षण गरिरहेको प्रमाणित गरेको छ ।

उल्लेखनीय छ, यी तीन आतंकवादीलाई धरौटीमा पक्राउ पूर्व पाकिस्तानी रुपैयाँ ५० हजारको जमानत दिइएको थियो। आतंकवादीहरूले उक्त आक्रमण सेना र आईएसआईको आग्रहमा गरेको स्थानीयको आरोप छ ।

र्‍यालीमा खुल्ला गोलीबारीमा संलग्न भनिएका आतंककारी मध्ये एक वकार साबिरलाई तालिवानले काबुलमाथि कब्जा गरेलगत्तै अफगान जेलबाट रिहा गरिएको थियो । अफगान तालिबानसँग अमेरिका विरुद्धको जिहादमा सामेल हुनु अघि उनी जैश–ए–मोहम्मद (जेएम) कमाण्डरको रूपमा सक्रिय थिए।

अमेरिकाविरुद्धको युद्धका क्रममा उनी पक्राउ परेका थिए । अफगान जेलबाट मुक्त भएपछि, वकार साबिर अगस्ट २२, २०२१ मा रावलकोट आइपुगे।

यस्तै, नोभेम्बर २६, २००८ मा मुम्बईमा धेरै आतंकवादी हमलाहरू भएका थिए। २० सुरक्षा बलका जवान र २६ विदेशी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस