आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै, सजावतका लागि मात्र खर्च गरियो १५७ करोड

विशाखापट्टनम—भारतको विशाखापट्टनममा मार्च २८ बाट हुने जी–२० शिखर सम्मेलनको लागि तयारी लगभग पूरा भएको छ ।

जी–२० सम्मेलनको तयारीका लागि मात्र रु १५७ करोड खर्च भइसकेको जिल्ला इन्चार्ज तथा स्वास्थ्य, परिवार कल्याण तथा चिकित्सा शिक्षामन्त्री विदुदला रजनीले जानकारी दिइन् ।

ग्लोबल इन्भेष्टर्स समिटको आयोजना गरिसकेपछि, विशाखापट्टनम जी–२० सम्मेलनको आयोजना गर्ने भएको छ ।
सम्मेलनमा विभिन्न देशका दुई सय प्रतिनिधि आउने भएकाले आवश्यक यातायात, आवास र सुरक्षा व्यवस्था पूरा गरिसकेको बताइएको छ ।

। सम्मेलनको व्यवस्था अन्तर्गत विदेशी प्रतिनिधिले भ्रमण गरेका क्षेत्रमा पूर्वाधार निर्माण गरी ४६ किलोमिटर बीटी सडकको काम, २४ किलोमिटर पेन्टिङको काम र १० किलोमिटर फुटपाथ निर्माणको काम स्थायी रुपमा सम्पन्न भएको छ ।

सम्मेलनमा जी–२० का सदस्य राष्ट्र र युरोपेली संघका देशहरू पनि सहभागी हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस